गजल
याद आउछ घरि~घरि नआएनी हुने ।
अनावश्यक हावा सरि नआएनी हुने ॥
घातिहरु सपनामा आउन थालेपछि,
ऐठन हुन्छ रात~भरि नआएनी हुने ।
चित्त आफै बुझ्ने थियो देख्न नपरे त,
अर्कैको प्यास पूरा गरि नआएनी हुने ।
छुट्टै संसार खोज्न भनी टाढा हुनेहरु,
यी आँखा का वरिपरि नआएनी हुने ॥