लोकदोहोरी गायिका विष्णु माझीलाई मातृ शोक
स्याङजा - लोकदोहोरी गायिका विष्णु माझीकी आमा धर्मकुमारी माझीको ५८ वर्षको उमेरमा निधन भएको छ ।
स्याङजाको चापाकोट नगरपालिका वडा नम्बर-८ मा रहेको आफ्नै घरमा उहाँको निधन भएको परिवारले जनाएको छ । लामो समयदेखि उच्चरक्तचापको बिरामी रहनुभएकी माझीको शुक्रबार निधन भएको हो । उहाँका श्रीमान्, एक छोरा र दुई छोरी रहेका छन् ।