सास रहुञ्जेल मेरो साथ,हरदम हुने छ
हाम्रो चोखो माया, जनम जनम हुने छ
सास रहुञ्जेल मेरो साथ,हरदम हुने छ

कतै चोट लागेर म,घाईते हुदा खेरी
तिम्रो न्यानो अंगालो नै, मलम हुने छ
सास रहुञ्जेल मेरो साथ,हरदम हुने छ

मेरो तन मन धन, तिम्रै हो मनोमानी गर
मेरो दिलमा संधै तिम्रो, हैकम हुने छ
सास रहुञ्जेल मेरो साथ,हरदम हुने छ

तिम्लाई आफ्नो बनाउदा,सबै रिसले जल्छन
त्यति बेला मलाई साँच्चै, अहम हुने छ
हाम्रो चोखो माया, जनम जनम हुने छ

जुन दिन तिमी मलाई छोडी, टाढा हुने छौ
त्यो दिन पक्कै मलाई, मरम मरम हुने छ।
सास रहुञ्जेल मेरो साथ,हरदम हुने छ
हाम्रो चोखो माया, जनम जनम हुने छ
सास रहुञ्जेल मेरो साथ,हरदम हुने छ