समयको अघि सधै, दास बन्छ मान्छे ।।
लड्दा–लड्दै आखिरिमा, लास बन्छ मान्छे ।।
जीन्दगी आफ्नो आफ्नै, निरन्तर चलिरहन्छ
यहि क्रममा कोहि कसैको, खास बन्छ मान्छे ।।
कोहि रक्षक मानबताको, भक्षक बन्छ कोहि
जस्तो कर्म त्यस्तै भर्दै, नास बन्छ मान्छे ।।
जीन्दगीको यात्रा गाह्रो, गाह्रो हुन्छ एक्लै हिंड्न
हिड्दा हिंड्दै कोहि मुटुकै, पास बन्छ मान्छे ।।
न सकिन्छ रोक्न त्यसलाई, न सकिन्छ झुकाउन
समयको चक्रब्युमा, हतास बन्छ मान्छे ।।
जो साहसी हुन्छ त्यस्ले, जित्दै जान्छ संसारपनि
विरताको नटुङ्गिने, ईतिहाँस बन्छ मान्छे ।।
मर्नै पर्छ जन्मे पछि, अमर कोहि छैन यहाँ
आखिरिमा यमराजको, प्यास बन्छ मान्छे ।।
Ujjwal Khanal
Delete Comment
Are you sure that you want to delete this comment ?