नारायणगढ बाट काठमान्डौको लागि छुटेको बस खचखच यात्रुहरूले भरिएको थियो । बसभित्र मात्र होइन बसको छतमा समेत यात्रिहरू बसेका थिए । त्यत्तिकैमा मुग्लिननिर अाइपुग्दा बसले आफ्नो नियन्त्रण गुमाएको कुरा थाहा हुन्छ त्यसपछी सबै यात्रीहरुको बीच खैलाबैला मच्चिन्छ... कोही रुन थाल्छन, कोहि कराउन थाल्छन, कोही बसको झ्यालबाट हाम फाल्न थाल्छन तर त्यही बसको प्यासेजमा एउटी त्यस्तै नौ-दश बर्षकी बच्ची भने मज्जासँग गीत गाएर नाचिहरेकी हुन्छे । त्यत्रो खैलाबैलाको बीचमा पनि ढुक्क भएर गीत गाइरहेकी उनलाई वरीपरिका यात्रीहरूले सोध्छन - "नानी, तिमीलाई थाहा छैन ? हामी चढेको बसको ब्रेक फेल भइसक्यो, अब बस यात ठोक्किन्छ यात नदिमा खस्छ । तर तिमी भने किन ढुक्क भएर गीत गाईरहेकी छौ , तिमीलाई मर्न देखी डर लाग्दैन ??"
बच्चीले जवाफ दिन्छे- "तपाईंहरू नडराउनुस् , हामीलाई केही हुँदैन किनकी यो बसको ड्राइभर मेरो बाबा हो र मलाई विश्वाश छ जबसम्म मेरो बाबाको हातमा स्टेरिङ्ग हुन्छ तबसम्म बस कदापी दुर्घटना हुँदैन ।"
सन्देश : सन्तानको बाबाआमा प्रतिको भरोसा , सन्तानहरू आफ्ना अभिभावकलाई संसारकै सर्व शक्तिमान ठान्छन । साँच्ची देश हाँक्नेहरू पनि जनताले भरोसा गर्न योग्य अभिभावक भैदिए ??

image