गजल 
याद आउछ घरि~घरि नआएनी हुने । 
अनावश्यक हावा सरि नआएनी हुने ॥ 
 
घातिहरु सपनामा आउन थालेपछि, 
ऐठन हुन्छ रात~भरि  नआएनी हुने । 
 
चित्त आफै बुझ्ने थियो देख्न नपरे त, 
अर्कैको प्यास पूरा गरि नआएनी हुने । 
 
छुट्टै संसार खोज्न भनी टाढा हुनेहरु, 
यी आँखा का वरिपरि नआएनी हुने ॥